Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित, २ मतले हारे गच्छदार


    बिहिबार, पुष १ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

    बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।

    dhanraj 1.jpg

    खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २  मत अन्तरले जितेका हुन् । गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।

    निर्वाचन समितिका पूर्णबहादुर खड्काले २ हजार १ सय २१ भोट ल्याएका छन् । अर्का बिजेता गुरूङले १ हजार ९ सय ८ मत पाए । गच्छदारले १ हजार ९ सय ६ भोट पाएका छन् । गुरूङले गच्छदारलाइ २ भोटले मात्र हराएका हुन् । 

    त्यस्तै चन्द्र भण्डारीले १ हजार ५ सय ८०  भोट ल्याएका छन् । सुजता कोइरालाले ६ सय ४४, महेश आचार्यले ५ सय ८९ र दिव्यश्वरी शाहले १ सय ३२ मत पाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार