Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई एयरलाइन्स बीचको विवादका कारण हुम्लामा रोकिएको खाद्यान्न ढुवानी सुरु


    बुधबार, मंसिर २९ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट । सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुदानको खाद्यान्न 
    पाँच महिनापछि सिता एयरले ढुवानी थालेको छ ।  

    गत साउन महिनादेखि हुम्ला जिल्लामा खाद्यान्न ढुवानी र वितरण हुन रोकिएको भए पनि सोमबारबाट खाद्यान्न ढुवानी सुरु भएको हो ।  दुई एयरलाइन्स कम्पनीबीचको विवादका कारणले यसबीचमा केही मात्रमा मात्र खाद्यान्न हुम्ला ढुवानी भएको थियो । 

    विमान कम्पनीहरुको विवादका कारण ढुवानी रोकिएपछि स्थानीयले साउन यता अनुदानको खाद्यान्न पाउन सकेका थिएनन् । 

    समिट एयरले सीता एयरलाई मात्रै खाद्यान्न ढुवानीको अनुमति दिन नमिल्ने भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि जिल्लामा अनुदानको खाद्यान्न ढुवानी रोकिएको थियो । उच्च अदालत पाटनले सीता एयरविरुद्ध परेको मुद्दा मंसिर १२ गते खारेज गरेपछि खाद्यान्न ढुवानीको बाटो खुलेको हो । 

    यससँगै सीता एयरले सोमबार ५४ र मंगलबार ५२ क्वीन्टल खाद्यान्न ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडका शाखा प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।  

    अधिकारीका अनुसार नेपालगञ्जमा ४ हजार र सुर्खेतामा ६ हजार क्वीन्टल मध्ये विभिन्न समय गरेर नेपालगञ्जबाट २ सय ३२ र सुर्खेतबाट ३७ क्वीन्टलमात्र ढुवानी भएको छ ।  

    लामो समय खाद्यान्न वितरण हुन नसकेपछि जिल्लाका स्थानीय नागरिक तथा कर्मचारीहरु खाद्य सम्प्रभूताको अधिकारबाट बन्चित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार