Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश सभा बैठक: मुख्यमन्त्रीको राजीनामा माग, नाम र केन्द्र टुंगो लगाउने प्रतिवद्धता


    बुधबार, मंसिर २९ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश-२ को प्रदेश सभा बैठक पुस ८ गते सम्मका लागि स्थगित भएको छ। 

    करिब तीन महिनापछि आह्वान गरिएको प्रदेश सभाको ८ औं अधिवेशनको पहिलो बैठक बुधवार बसेको थियो । आजको बैठकमा प्रदेश सरकारले अध्यादेश मार्फत् ल्याएको २ वटा विश्वविद्यालय सम्बन्धी विधेयक समाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश सभामा पेस गरेका थिए । 

    सुरुमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अवरोध गरेपछि सभामुख सरोज कुमार यादवले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । यसैबीच, बैठकमा मुख्यमन्त्री राउतले ८ औं अधिवेशनमा प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउने प्रतिवद्धता जनाएका छन् । 

    ‘विगतमा प्रदेशको नाम र राजधानीको नामाकरणको प्रयास गरेको थिए’, मुख्यमन्त्री राउतले भने, ‘तर त्यो सफल हुन सकेन । यो ८ औं अधिवेशनमा नाम र राजधानी नामाकरणमा सरकारको तर्फबाट टुंङ्गो ल्याउने प्रयास हुन्छ ।’ 

    सरकारको कमीमजोरी तथा ढिला सुस्तीका कारण प्रदेशले अहिलेसम्म नाम र राजधानी पाउन नसकेको मुख्यमन्त्री राउतले स्वीकार गरे । 

    यसैबीच, प्रमुख प्रतिपक्षी दल लोसपाका संसदीय दलका नेता तथा पूर्व मन्त्री जितेन्द्र सोनलले सरकारले अध्यादेश मार्फत् दुई कानुन ल्याएर लोकतन्त्रको उपहास गरेको आरोप लगाए । सरकारले संसद सुचारु गराउनुको साटो चोरबाटोबाट अध्यादेश ल्याएर लोकतान्त्रिक मूल्य मान्यता विपरित काम गरेको उनको आरोप थियो । 

    साईकल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानले प्राराम्भिक चरणमा अनियमितता देखिएकोले मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने उनले माग गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार