Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा २८० जना काेराेना संक्रमित थपिंदा ६ जनाको मृत्यु


    बुधबार, मंसिर २९ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २८० जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ११ हजार ९९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ९ हजार २१२ जनाको पिसिआर परीक्षण र २७८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

    नेपालमा हाल ५ हजार ६३५ जना सक्रिय संक्रमित छन्।

    ३०० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट ६ को मृत्यु भएको छ।  

    काठमाडौं उपत्यकामा ११८ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा २० र भक्तपुरमा ९ संक्रमित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार