Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्यान दुर्घटनामा दुई जनाको मृत्यु, आठ घाइते


    बुधबार, मंसिर २९ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । सूर्योदय नगरपालिका-७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसाे भएकाे मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएकाे छ भने आठ जना घाइते भएका छन्  ।

    दिउँसो साढे ३ बजे मे१ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेकाे थियाे । 

    घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लागिएको थियाे । साे क्रममा माईजोमाई गाँउपालिका-४ का ७६ बर्षीय रामप्रसाद तिमसिना र माईजोमाई-३ का ४० बर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हाे । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार