Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारले माग्यो १५४७ मावी शिक्षक, चैतमा परीक्षा


    बुधबार, मंसिर २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखासत आह्वान गरेको हो ।

    नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका  शिक्षक भर्ना गर्न लागिएको हो । 

    १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघ ६ सम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

    आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार