Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • हेर्नुहोस् आज मंसिर २९ गते बुधवारको राशिफल


    बुधबार, मंसिर २९ २०७८
    470
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । यस्तो छ  आज मिति २०७८ साल मंसिर २९ गते बुधवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद समेत बढ्ला ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति पनि हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कामको थालनी होला ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    आज न्यायिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार