Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त


    बुधबार, मंसिर २९ २०७८
    415
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज १५ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    चीनलाई अमेरिकी मान्यता
    सन् १९७८ मा अमेरिकाले चीनलाई मान्यता दिएको थियो । जनगणतन्त्र चीन स्थापना भएको ३० वर्षपछि राष्ट्रपति जिम्मी कार्टरले राष्ट्रसंघले सन् १९७९ को १ जनवरीदेखि औपचारिक रुपमा कम्युनिस्ट देश चीनलाई मान्यता दिने घोषणा गरेका थिए । कार्टरले चीनलाई मान्यता दिने घोषणा गरिरहँदा अमेरिकाले चीन–ताइवान सम्बन्धबारे पनि चासो दिएको थियो ।

    अमेरिकी संविधानमा २१औं संशोधन
    सन् १९३३ मा अमेरिकी संविधानमा २१औं संशोधन भएको थियो । संशोधनले अमेरिकामा मदिरामाथिको प्रतिबन्धलाई रद्द गरेको थियो । सन् १९२० को १७ जनवरीमा १८ औं संशोधन गरेर अमेरिकामा मदिरामाथि प्रतिबन्ध लगाइएको थियो ।

    अमेरिकामा बिल अफ राइट्स  
    अमेरिकी संविधानमा भएका पहिलो १०संशोधनलाई बिल अफ राइट्स भनिन्छ । संशोधनलाई भर्जिनियाले अनुमोदन गरेपछि ती कानुन बनेका थिए ।

    इराक युद्ध समाप्त
    सन् २०११ को १५ डिसेम्बरमा इराक युद्ध औपचारिक रुपमा समाप्त भएको थियो । इराकमाथिको ८ बर्ष लामो युद्ध आजकै दिनबाट समाप्त भएको अमेरिकाले औपचारिक रुपमा घोषणा गरेको थियो । सन् २००३ को २० मार्चमा अमेरिकाले इराकविरुद्ध युद्ध सुरु गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार