हेटौँडा, ३ असार । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको बताउनुभएको छ ।
प्रदेश सभाको आज बैठकमा आर्थिक २०७७÷७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताबारे सदस्यले उठाउनुभएको विभिन्न प्रश्न र जिज्ञासाको जवाफ दिदैं उहाँले वर्तमान परिस्थितिको सबै कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पार्नुभएको हो ।
मन्त्री ढुङ्गेलले दिगो पूर्वाधार विकास र कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि उच्च प्रविधिको अस्पताल, दक्ष चिकित्सक र जनशक्तिको साथै क्वारेन्टिन र आइसोलेशन कक्षको व्यवस्थापन गर्न यो बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको तथा रोजगारीको सिलसिलामा बाहिरबाट फर्किएका नेपालीलाई कृषि उत्पादन, पशुपालन, फलफूल खेतीतर्फ आकर्षित गर्ने कार्यक्रमलाई बजेटमा सामावेश गरिएको जानकारी दिनुभयो ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा र व्यवहार सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।रासस
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend