हेटौँडा, ३ असार । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले बजेटका प्राथमिकता निर्धारण गरेको बताउनुभएको छ ।
प्रदेश सभाको आज बैठकमा आर्थिक २०७७÷७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताबारे सदस्यले उठाउनुभएको विभिन्न प्रश्न र जिज्ञासाको जवाफ दिदैं उहाँले वर्तमान परिस्थितिको सबै कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पार्नुभएको हो ।
मन्त्री ढुङ्गेलले दिगो पूर्वाधार विकास र कोरोना भाइरस सङ्क्रमणको उपचारका लागि उच्च प्रविधिको अस्पताल, दक्ष चिकित्सक र जनशक्तिको साथै क्वारेन्टिन र आइसोलेशन कक्षको व्यवस्थापन गर्न यो बजेटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको तथा रोजगारीको सिलसिलामा बाहिरबाट फर्किएका नेपालीलाई कृषि उत्पादन, पशुपालन, फलफूल खेतीतर्फ आकर्षित गर्ने कार्यक्रमलाई बजेटमा सामावेश गरिएको जानकारी दिनुभयो ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा र व्यवहार सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।रासस
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend