Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामचन्द्रको चियापानमा देउवाकाे विराेध, कोइरालाको पक्षमा नाराबाजी


    मंगलबार, मंसिर २८ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवा पुगेपछि विरोध भएकाे छ ।

    सभापतिका उम्मेदवारसमेत रहेका देउवा पौडेलले लैनचौरमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा विरोध गरेका हुन्।

    उनीहरू ‘देउवासँग मिलेर पार्टीपंक्तिलाई धोका दिन खोजेको’ भन्दै पौडेलसँग समेत आक्रोशित भएका छन् ।

    कार्यकर्ताले विरोध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले तीन पटकसम्म कोसिस गरे पनि बोल्न पाएनन् । सभापतिका उम्मेदवार कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए ।

    कार्यक्रममा देउवाले सम्बोधन गर्न पाएनन् । पहिलो चरणको निर्वाचनमा देउवा र कोइराला दुबैले ५० प्रतिशतभन्दा बढी मत नपाएकाले दोस्रो चरणको निर्वाचन हुँदैछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार