काठमाडौँ, ३ असार । लकडाउनको अवधिमा क्वारेन्टिनभित्र एक हजार छ सय ८४ जना महिलालाई हिंसा भएको पाइएको छ।
नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले एक विज्ञप्ति जारी गर्दै उक्त तथ्य सार्वजनिक गरेको हो ।
संघका अनुसार क्वारेन्टिनभित्र भएका यस्ता हिंसाका छिटपुट घटना बाहिर आए पनि धेरैजसो घटना गुपचुप पारिएको छ।
सरकारले कोरोनाभाइरस महामारीपछि गत चैत ११ देखि लकडाउन लगाएको थियो।
संघले गत जेठ ३२ मा कैलाली लम्कीचुवास्थित एक क्वारेन्टिनमा महिलामाथि सामुहिक बलात्कार हुनुले क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको उल्लेख गरेको हो।
संघकी अध्यक्ष उमा रेग्मीले उक्त घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे ।
‘लम्कीचुवा क्वारेन्टाइनमा राती सुतिरहेकी एकजना महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासबिक तबरले सामुहिक बलात्कार भएको छ। यस घट्नाले नेपाल महिला संघ स्तब्ध भएको छ र नेपाल महिला संघको गम्भीर ध्यानकर्षण भएको छ। क्वारेन्टाइन महिलाहरुका लागि हिस्रक खाडल भएको छ,’ उनले भनेकी छन्।
सरकारका नालायकीपनका कारण यस्ता घटना घट्ने उनले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘सरकारको अव्यवस्था, अकर्मव्यता, असक्षमता, नालायकपनका कारण यस्ता घट्ना दिनानुदिन बढ्दै गइरहेका छन्,’ अध्यक्ष रेग्मीको भनाइ छ, ‘सरकार केवल रमिते बनेर बसेको छ। पूरै दण्डहिनताको अवस्था छ।’
कोरोना महामारीको अवस्थामा पनि नागरिकहरुको सुरक्षा गर्ने, रोग र भोकबाट बचाउन कम्मर कसेर लाग्नु पर्नेमा केवल आफ्नो दुनो सोझ्याउनतर्फ सरकार लागेको उनको आरोप छ।
‘पीडितलाई न्याय र राहतको व्यवस्था गर्न र अपराधिलाई कडाभन्दा कडा कारवाही गर्न महिला संघ सरकारसँग माग गर्दछ,’ उनले भनेकी छन्।
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend