Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • बाढीपहिरो प्रभावित डेढ वर्षपछि लाभग्राही सूचीमा


    आइतबार, मंसिर २६ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ।जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बाढी र पहिरोका कारण पूर्ण प्रभावित भएका लाभग्राहीलाई नम्बरसहित सूचीकरण गर्ने निर्णय गरेको छ । लमजुङका बढिपहिरो प्रभावित डेढ वर्षपछि लाभग्राही सूचिमा सूचीकृत भएका छन् । 

    बाढीपहिरोका कारण पूर्णक्षति भएका मर्स्याङ्दी गाउँपालिकाको १८ र मध्यनेपाल नगरपालिका अन्तर्गतका १८ परिवारलाई लाभग्राही नम्बरसहित सूचीकरण गर्ने निर्णय भएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनले भने लमजुङमा गत वर्ष आएको बाढी र पहिरोबाट पूर्ण क्षति पुगेका घरपरिवार प्रभावित बनेको डेढ वर्षपछि बल्ल लाभग्राही सूचीमा सूचिकृत भएका छन् । 

    मनसुनजन्य विपद्‍बाट निजी आवास प्रबलीकरण तथा पुनर्निर्माणका लागि लाभग्राहीको अनुसूची फारमलगायतका कागज प्राप्त भएका तथा पूर्णक्षतिमा परेका दुई स्थानीय तहका ३६ घर परिवारलाई लाभग्राही नम्बर कायम गर्ने निर्णय भएको हो ।

    जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले अघिल्लो वर्षको जेठदेखि गत असोजसम्म विपद्‍बाट पूर्ण क्षति भएका प्रभावितलाई प्रबलीकरण तथा पुनः स्थापनाको निम्ति लाभग्राही नम्बरसहित सूचीकरण गरेको हो । 

    प्रमुख जिल्ला अधिकारी वैद्यले मर्स्याङ्दी र मध्य नेपालबाहेक अन्य बेसीसहर, राईनास, दोर्दी र दूधपोखरी गाउँपालिकाबाट हालसम्म लाभग्राहीको अनुसूची फारम प्राप्त नभएको भन्दै तत्काल माग गर्ने निर्णय गरेको बताए ।  

    बाढी र पहिरोले क्षति पुर्‍याएको दुई वर्ष हुनलाग्दा पनि प्रक्रियागत रूपमा आवश्यक कागजपत्र नआउँदा पुनर्निर्माणको काम अघि बढ्न नसकेको हो । स्थानीय तहले यसलाई विशेष चासो नदिएका कारण पुनर्निर्माण ढिलाइ भएको बाढीपहिरो पीडितले बताएका छन् । 

    बाढी र पहिरोका कारण डेढ वर्षदेखि घरबारविहीन बन्दै आएका पीडितहरू सरकारले अनुदान नदिँदा अहिलेसम्म निजी आवासको काम अघि बढाउन सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार