Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा ३ लाख २९ हजारले लगाए कोरोनाविरुद्धको खोप


    आइतबार, मंसिर २६ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ। दाङमा ३ लाख २९ हजार ७ सय ४१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । गएको माघ १४ गतेदेखि खोप लगाउन सुरुभएको दाङमा अहिलेसम्म ३ लाख २९ हजार ७ सय ४१ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । 

    यो संख्या पहिलो डोज लगाउनेको हो । दुवै डोज लगाउनेको संख्या ३४ प्रतिशत अर्थात् एक लाख ४७ हजार ५ सय १७ जना रहेको कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।१८ वर्षमाथिका नागरिकले खोप लगाएका छन् । पहिलो डोज लगाउने घोराहीमा ९८ हजार ६ सय ५२, तुलसीपुरमा ८८ हजार ८ सय ४, लमहीमा ३२ हजार ५ सय ३५ जनाले खोपलगाएका छन् । 

    बंगलाचुलीमा ६ हजार ५ सय ८, शान्तिनगरमा १५ हजार ७ सय २, बबईमा १४ हजार ५ सय १७, दंगिशरणमा १२ हजार ५ सय ९८, राप्तीमा २५ हजार १ सय ७७, गढवामा २१ हजार ७ सय ८७ जना र राजपुरमा १३ हजार ४ सय ६२ जनाले खोपलगाएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ । 

    साथै १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घ रोगीले समेत पहिलो डोज खोप लगाएका छन् । कात्तिक २८ गतेदेखि मंसिर ६ गतेसम्म पहिलो खोपलगाएका दीर्घ रोगीलाई सोमबारदेखि पुस २ गतेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो डोज खोप लगाइने शाहीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार