Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङ दुर्घटना अपडेट : मृत्यु भएका तीनै जनाको परिचय खुल्यो


    आइतबार, मंसिर २६ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दाङ।दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो । 

    दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका-४ की साउनी घर्ती रहेका छन् ।

    ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । 

    गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको पुजाराले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार