Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा मृत भेटिएकी युवतीको हत्या आशंकामा चार जना पक्राउ


    आइतबार, मंसिर २६ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मंसिर। अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेका छन् । परिवारले दिएको किटानी जाहेरीको आधारमा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

    मंगलसैन नगरपालिका-११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी शनिबार मृत फेला परेकी थिइन् । मंगलसैन रामारोशन सडकखण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी थिइन् । 

    भण्डारी शव शनिबार भेटिएको थियो । शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार