Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिरामी पठाउने जुम्लाले अब देशभर डाक्टर पठाउँछ


    आइतबार, मंसिर २६ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दिलमाया शाही 

    जुम्ला ।  कर्णालीलाई गरिबी, अशिक्षा, रोग र भोगको पर्यायका रुपमा लिने  गरेको पाइन्छ  । कर्णालीको  जुम्ला भन्नासाथ पिछडिएको ठाउँ,  अशिक्षा  गरिबी   नपढेका मान्छे  बस्ने ठाउँ हो  भन्ने बुझिन्छ । सधैँभरी  खान नपुग्ने र गरिबहरूको ठाउँ भनेर चिनिन्छ । तर, पछिल्लो समय  जुम्लाले  आफ्नो  परिचय  बदल्दै गएको छ ।

    जसको  उदाहरण हो, जुम्ला खलंगामा अवस्थित  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,  जहाँ सेतोकोट लगाएका मानिस हिँड्ने  गर्दछन् । जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन  गर्ने  सपना पूरा गरेको छ । 

    karnali health faundation.jpg

    चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० कोटा छुट्याइएकोमा १९ जना भर्ना भएको छन् भने बी फर्ममा २० कोटा निर्धारण भएको ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएस तर्फ आठ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् । 

    हेलिकोप्टरबाट आइतबार  बिहान ११ः२० बजे जुम्ला आइपुगेकी राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी छन् । 

    योसँगै अब विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने अवसर पाउने भएका छन् । यसअघि रोगी बिरामी पठाउने जुम्लाले अब देशभर उपचारका लागि डाक्टर पठाउने हैसियदमा आफूलाई उभ्याउने बाटोमा हिँडेको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार