Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्यटन मन्त्री आले–राजदूत जेक्युलिनी भेटः रुवाण्डासँग हवाई उडानको सम्झौता गर्न प्रस्ताव


    आइतबार, मंसिर २६ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग रुवाण्डाका गैर आवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ । मन्त्री आलेसँग आइतबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाइ सम्झौता नभएकाले हवाइ सम्झौताका लागि प्रस्ताब गर्नु भएको हो ।

    भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच हवाइ सम्झौता गरिए पर्यटक प्रद्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुवाण्डाका पर्यटक भित्रयाउनका लागि भएपनि नेपाल र रुवाण्डा बीच हवाइ सम्झौता गर्न आवश्यक छ, उक्त सम्झौताले दुइ देश मित्रता पनि थप कायम हुनेछ ।” सोही भेटका क्रममा राजदुत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा द्विपक्षीय सहयोग आदान प्रदान हुनुपर्ने आग्रह गर्नुभयो ।

    राजदूत मुकाङ्गीराले राख्नुभएको द्विपक्षीय हवाइ उडानको सम्झौता प्रस्ताबका बारेमा मन्त्री आलेले सकारात्मक रुपमा लिइएको र औपचारिक माध्यमबाट उक्त प्रस्ताबको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “द्विपक्षीय हवाइ उडानको सम्झौता प्रस्ताब हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडि बढाउने छौँ ।” उक्त शिष्टाचार भेटका क्रममा मन्त्रालयका सचिब महेश्वर न्यौँपाने तथा सहसचिब बुद्धिसागर लामिछानेको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार