Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दिवाकर घले र किरण राना काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा नियुक्त


    आइतबार, मंसिर २६ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको दुई सदस्यमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।

    सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ  । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे । 

    ‘हामीले कोभिड १९ को माहामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौँ,’ पाण्डेले भने, ‘अवस्था सामान्य बन्दै छ । अब हामी उही जोश र जाँगरका साथ अघि बढ्छौँ ।’

    त्यस्तै संघका सचिव वसन्तराज सत्यालले संघको भावी योजनाहरु प्रस्तुत गरे ।

    जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेकाे जानकारी दिएका उनले २९ मंसिरबाट जिल्लास्तरीय प्रतियोगिता गर्ने पनि बताए । उनका अनुसार चाँडै नै क्रिक्रेट एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार