Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकाको आँधीमा कम्तिमा ७० जनाको मृत्यु, केन्टकीमा आपतकाल घोषणा


    आइतबार, मंसिर २६ २०७८
    330
    Shares
  • १ मिनेट पाठ
  • न्युयोर्क। अमेरिकाको केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

    आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् ।  केन्टकीमा आपतकाल घोषणा गरिएको छ । 

    आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् ।  एजेन्सी
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार