काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ । झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मेदवारी दर्ताका लागि लहरै बसेका छन् ।
त्यही लहरमा हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै गरेकी भेटिइन्, पर्साकी ९१ वर्षीया शान्ति कार्की ।
कार्की त्यस्ती प्रतिनिधि हुन्, जुन तराईबाट प्रतिनिधित्व गर्छिन् । तर, उम्मेदवारी भने महिला तर्फको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिइन् ।
महाधिवेशन प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा जेठी कार्कीलाई अझै कांग्रेसलाई जनताको पार्टी बनाउने रहर छ । त्यसैले भन्छिन्, ‘कांग्रेसलाई नातावाद, कृपावादबाट माथि उठाउने र पार्टीलाई केन्द्रीयकरण मात्र गर्ने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो ।’
वयोवृद्ध भएर पनि कांग्रेसको नेतृत्वमा युवापुस्ताको हस्तक्षेप हुनैपर्ने बताउने उनी आफ्नो उम्मेदवारी यसैका लागि भएको बताउँछिन् । वृद्ध उमेरमा पनि युवाजोशका साथ महाधिवेशनस्थलमा मत माग्दै हिँडेकी उनले अहिलेसम्म कसैको प्यानलमा नलागेको बताएकी छन् ।
महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पटक पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । केन्द्रीय कमिटीमा भने यो उनको दोस्रो उम्मेदवारी हो ।
२२ वर्ष अघि पनि केद्रीय सदस्यमा पराजित भएको बताउने उनी यसपटक भने महाधिवेशन प्रतिनिधिले जिताउनेमा विश्वस्त छिन् । राजनीतिक आन्दोलनका क्रममा आफू १५ वर्ष जेल जीवन बिताएको बताउने उनी अविवाहित रहेको जानकारी दिइन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend