काठमाडौं। चार दशक लामो सक्रिय राजनीतिका अविश्रान्त योद्धा थलकुमार लिंखाले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राजनीतिक भ्रमण गरेका लिंखाले १४औं महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।
त्याग, समर्पण, निष्ठाका पर्याय लिंखा २०३६ सालबाट विद्यार्थी राजनीतिमा होमिएका हुन् । संखुवासभाको मादी माविबाट उनले नेविसंघको राजनीतिक यात्रा सुरु गरेका हुन । २०३८ सालमा संखुवासभा नेविसंघको जिल्ला कार्यसमिति सचिव, २०४२ सालमा हात्तीसार क्याम्पस धरानको नेविसंघ एकाइ सभापति, २०४४ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका लिंखा २०४८ सालमा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रीय सदस्य बने । २०५३ सालपछि उनी पाँचपटक संखुवासभाबाट पार्टीको महाधिवेशन-महासमिति सदस्य बनिसकेका छन् ।
२०७० संविधिानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बन्नेबाहेक उनले हालसम्म लाभको पद भने प्राप्त गर्न सकेका छैनन् । संस्थापनपक्षीय युवा नेता लिंखा पार्टी पार्टीका नेता तथा कार्यकर्ताको सल्लाहमा आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताउँछन् । लिंखा लामो समदेखि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्दै आएका नेता हुन् । लिंखा गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि पत्याएका नेता हुन् ।
देशव्यापी नेटवर्क बनाएका लिंखा जनजाति समुदाय लोकप्रिय नेता मानिन्छन् । त्याग, लगानी र बलिदान गर्ने कुरामा जनजाति समुदायमा उनको भूमिका उल्लेख्य रहेका कांग्रेसका नेता तथा कार्यकर्ता बताउँछन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएसँगै केन्द्रीय पदाधिकारी र सदस्यका आकांक्षीहरूले प्रचार अभियानलाई तीव्र बनाएका छन् । तुल र ब्यानरले अधिवेशनस्थल झकिझकाउ छ । कतिपय उम्मेदवारहरू मतदाता आकर्षित गर्न आफ्नो भेषभुषा र झाँकीसहित प्रचारमा उत्रिएका छन् ।
टिमको घोषणा नहुँदा आफू कुन पदमा र कुन क्लस्टरबाट उम्मेदवार हुने भन्नेमा अन्योलता कायम नै छ । महाधिवेशनले एक सय ३४ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने छ । न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend