Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागेको त्यो दिन


    शनिबार, मंसिर २५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। आज ११ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

    युनिसेफको स्थापना
    सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपतकालिन कोष युनिसेफको स्थापना भएको थियो । युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ ।

    जर्मनी र इटालीविरुद्ध अ‍ेमेरिकाद्वारा युद्ध घोषणा
    सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरुद्ध युद्ध घोषणा गरेको थियो । अमेरिका औपचारिक रुपमा युद्धमा प्रवेश गरेसँगै पहिलो विश्वयुद्धले भयानक मोड लिएको थियो । 

    बेलायती राजाद्वारा राजगद्दी परित्याग
    सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौँ बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए । अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न उनले राजगद्दी नै त्यागेका थिए । 

    सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार