Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सदस्य सचिवलाई जुडोको बधाई


    शुक्रबार, मंसिर २४ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाई दिएको छ । सदस्य सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्षमा भेट गरी जुडो संघका पदाधिकारीले बधाई दिएका हुन् । मंसिर १३ गते मन्त्री परिषद्को बैठकले घिसिङलाई नयाँ सदस्य सचिवको रूपमा नियुक्त गरेको थियो । 

    जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य सचिव नियुक्त भएकोमा बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

    सो अवसरमा संघका पदाधिकारीले सदस्य सचिव घिसिङलाई जुडो संघले हासिल गरेको उपलब्धि, प्रशिक्षकको अवस्था, प्रशिक्षण स्थलको समस्या, नेपालगन्जको जुडो एकेडेमीको अवस्थालगायतबारे अवगत गराएका थिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार