Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • ११ वर्षीया बालिका करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ


    शुक्रबार, मंसिर २४ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर।जिल्ला प्रहरी कार्यालय उदयपुरले ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका टेकबहादुर सार्की पक्राउ परेका हुन् ।

    बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएको जाहेरीमा खुलाइएको छ । 

    बालिकाको परिवारले दिएको लिखित जाहेरीपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले सार्कीलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार ती बालिकाको स्वास्थ्य परीक्षण गरेको छ । पक्राउ परेका सार्कीलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी घटनाबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका पवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार