Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हङकङका सञ्चार वादशाह दोषी ठहर, तियानमेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा भाग लिएको आरोप


    शुक्रबार, मंसिर २४ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी 

    हङकङ । हङकङ सरकारले सञ्चार वादशाह जिम्मी लाइसहित अन्य दुई जनालाई दोषी ठहर गरेको छ । तियानमेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनीहरुलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो ।

    गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए । हङकङ सरकारको प्रतिबन्धबीच उनीहरु श्रद्धान्जली कार्यक्रममा सहभागी भएका थिए ।

    कार्यक्रममा सहभागी भएको आरोपमा अदालतले दोषी ठहर गरेका उनीहरु पछिल्ला तीन व्यक्ति हुन् । 

    वार्षिक कार्यक्रममा सहभागी भएको आरोपमा अहिलेसम्म दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र कार्यकर्तालाई दोषी ठहर गरिएको छ ।

    सुनुवाईका क्रममा आफूहरुले कार्यक्रममा मैनवत्ती जलाएको बताएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार