Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रको स्थापना दिवसमा उत्कृष्ट हुने होड, शक्तिकेन्द्र खुसी पार्न अर्थ संकलनमा हाकिमहरु


    शुक्रबार, मंसिर २४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलले हरेक बर्षको माघ ९ गते स्थापना दिवस मनाउने गरेको छ । स्थापना दिवसमा सशस्त्रले उत्कृष्ण बीओपी, गुल्म, गण र बाहिनी र त्यसका कमाण्डरलाई सम्मान गर्ने गरेको छ । यसरी सम्मानित हुनका लागि सशस्त्रमा बीओपी, गुल्म, गण र बाहिनीपतिको अस्वस्थ प्रतिस्पर्धा हुँदैआएको छ । उत्कृष्ट काम गरेकोमा सम्मान गर्ने प्रथालाई राम्रो भन्नुपर्छ । तर पछिल्ला दिनमा बिशेष गरी शैलेन्द्र खनाल आइजीपी भएपछि शक्तिकेन्द्रलाई अर्थ बुझाएर पनि उत्कृष्टका रुपमा सम्मानित हुने क्रम बढेको छ ।

    सशस्त्रले यो बर्ष स्थापना दिवस मनाउनका लागि एआइजी रामशरण पौडेलको अध्यक्षतामा उत्कृष्छ बीओपी, गुल्म, गण र गुल्मपति छनोट समिति बनाएको छ । पौडेल अध्यक्षताको छनोट समितिले उत्कृष्ट बीओपी, गुल्म, गण र बाहिनीपति मध्येबाट एक एक जनालाई छनोट गरेपछि स्थापना दिवसमा सम्मानित गरिन्छ ।

    सशस्त्र स्थापना दिवसमा उत्कृष्ट हुने र भावी आइजीपी हुनका लागि थप खुड्किलो बनाउनका लागि प्रदेश २ को छिन्नमस्ता बाहिनीका डीआइजी गणेश ठाडामगरको सक्रियता बढी देखिएको स्रोतले बताएको छ । उत्कृष्ट बाहिनीपति हुनका लागि शक्तिकेन्द्र खुसी पार्न प्रदेश २ का ८ वटा गणका गणपतिहरुसँग आर्थिक संकलन गरेको आरोप ठाडामगरमाथि लागेको छ । स्रोतका अनुसार ८ वटा गणका गणपतिसँग एक पेटीका दरले उनले सहयोग मागेका छन् । गणपतिहरुले बजेटबाट सहयोग गर्नसक्ने कुरा भएन, उनीहरुले विश्वासपात्र इन्स्पेक्टरलाई बीओपीहरुमा पठाए ।

    बीओपीहरुबाट इन्स्पेक्टरले ल्याएर गणपतिलाई जाहेर गरेपछि बर्दिबासस्थित बाहिनीमा लगेर बुझाइसकेका छन् । गणपति र इन्स्पेक्टरहरुले कबोलेको चिज बुझाइसकेपछि एक एक कप कफी बाहिनीमा पिएर बाहिरिएका थिए । बाहिनीमा जाने इन्स्पेक्टरहरुले एक लाखको कफी खाएर आइयो भन्दै सहकर्मीहरुसँग ठट्टा गर्ने गरेका छन् । प्रदेश १ कमल गिरी र प्रदेश २ का ठाडामगर उनीहरुको समूहमा एक र दुई नम्बर बरियतामा भएकाले पनि ठाडामगर उत्कृष्ट बाहिनीपतिका रुपमा सम्मान पाएर आइजीपीको रेसमा अगाडि पर्न सकिने दाउमा छन् ।

    प्रदेश २ को छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी ठाडामगरले भने अनियमितता गरेको कुरा ठाडै अस्वीकार गर्दै भने–‘म आएको २ महिनाको बीचमा सीमा नाकाबाट हुने भन्सारछलीमा कडाई गर्दा लक्ष्यभन्दा ४ अर्ब रुपैयाँ बढी राजस्व असुली भएको छ ।’ कात्तिकसम्ममा ३२ अर्ब राजस्व उठाउने लक्ष्य तोकिएकोमा ३६ अर्ब असुली भएको ठाडामगरले बताए । भन्सार नाकामा कडाइ गरिसकेपछि तस्करहरुले नै यस्तो अनावश्यक र हुँदै नभएको हल्ला फैलाएको ठाडामगरले बताएका छन् ।

      सशस्त्रमा उत्कृष्ट हुनका लागि बाहिनीपतिमात्र होइन, जुनियर अधिकृतदेखि बीओपीका इन्स्पेक्टर, डीएसपी र एसपीबीच पनि यस्तै अस्वस्थ प्रतिस्पर्धा चलेको छ । स्रोतका अनुसार कामका आधारमा भन्दा पनि दाम हेरी मूल्यांकन गर्ने परिपाटी वर्तमान आइजीपी शैलेन्द्र थापाले सुरु गरेकाले यस्तो बेथिति सशसत्रमा देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार