Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिक्तेलमा मानवअधिकार चोक


    शुक्रबार, मंसिर २४ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ। खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गरेका हुन् । 

    राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालय दिक्तेलको पहल र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्णयअनुसार जलस्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेट अगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको हो ।

    अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवशरमा किरातचोकबाट सुरु भएको प्रभातफेरीलाई केहीबेर रोकेर मानवअधिकार चोक घोषणा गरिएको थियो । न्यूज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार