Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगनपछि प्रकाशमानले पनि अवधारणा सार्वजनिक गर्ने


    बिहिबार, मंसिर २३ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन् ।

    महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार नेता सिंहले उम्मेदवारी तथा अवधारणा सार्वजनिक गर्ने भएका छन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्। 

    महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन थापाले आज आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए । 

    सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा संस्थापन इतर पक्षमा साझा उम्मेदवार चयनका लागि प्रयास भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार