काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ ।
महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी र संगठन निर्माण, देश बनाउने खाका लगायतका विषयमा विचार मन्थन हुनु पर्ने भएपनि सबैको ध्यान आगामी नेतृत्व कसको हातमा पुग्छ भन्नेमा नै केन्द्रित रहेको पाइन्छ ।
१३ औं महाधिवेशनमा विजयी सभापति देउवा पुन: अर्को पाँच वर्ष पार्टीको कमाण्ड हाक्ने दाउमा रहँदा इतर पक्ष उनीबाट नेतृत्व फुस्काउने दाउमा रहेको छ ।
देउवालाई यसअघि दरो साथ दिएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै देउवा केही कमजोर भएको भन्दै उत्साही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशन नजिकएसँगै निराश बन्दै गएको छ ।
इतर पक्षमा निराशा छाउनुमा मुख्यत तीनवटा कारण रहेका छन् ।
पहिलो, संस्थापन पक्षमा देउवाको विकल्पमा अन्य कोही सभापतिको आकांक्षामा नरहँदा उनी बलिया देखिएका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि विभिन्न तहमा भएका निर्वाचन, जिल्ला र क्षेत्रका सभापतिमा देउवा बलियो देखिएको बेला उनको मत काट्ने खालको उम्मेदवार नहुँदा उनी कमजोर छैनन् । उनलाई पराजित गर्न ‘एक मन एकता’ हुनुपर्ने पौडेल पक्षले बुझेको छ। तर, त्यसो हुन सकिरहेको छैन ।
दोस्रो, इतरपक्षमा चारजना सभापतिका आकांक्षी छन् । गत महाधिवेशनमा देउवासँगै पराजय व्यहोरेका रामचन्द्र पौडेल, कोइराला परिवारको उत्तराधिकारी ठान्ने शेखर र शशांकका साथै बारम्बार त्याग गर्दै आएको बताउने प्रकाशमान सिंह।
चारै जनाले सभापतिको दाबेदारी नछाड्दा साझा उम्मेदवार बनाउने प्रयास कमजोर बन्दै गएको हो कि भन्ने आशंका देखिएको छ ।
प्रकाशमानले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन् । उनले प्रतिनिधिले नै अब टुंगो लगाउने बिहीबार बताएका छन् । शनिबार आफूले उम्मेदवारी दर्ता गर्ने उनको भनाइ छ ।
‘कांग्रेसको रक्षा गर्ने नै कोइरालाले हो’ भन्दै आफू पक्षधरले भनेपछि शेखर कोइराला प्रकाशमान उठे पनि आफू पछि नहट्ने बताइरहेका छन् । दुवै जना उम्मेदवारीबाट पछि नहट्ने हो भने इतर पक्षको मत महाधिवेशनमा विभाजन हुने छ । यसले गर्दा विशेषगरि देउवालाई पार्टीको कमाण्डबाट बिदा गर्न चाहिरहेका इतर पक्षका नेता कार्यकर्तामा निराशा छाएको छ । यद्दपी नेताहरु सघन छलफलमा रहेकाले साझा उम्मेदवार चयन हुने सम्भावना भने बाँकी नै रहेको छ ।
इतर पक्षमा साझा उम्मेदवार चयन हुन नसक्दा देउवा भने ढुक्क देखिएका छन् । उनी निकटका नेताहरुले त देउवाले पहिलो चरणमै जीत निकाल्ने भएकाले गत महाधिवेशनमा जस्तो यसपटक दोस्रो चरणमा निर्वाचन गर्नु नपर्ने अवस्था आउने बताइरहेका छन् ।
तेस्रो, नेता कृष्णप्रसाद सिटौलाले अहिलेसम्म संस्थापन/इतर पक्ष कता लाग्ने वा आफैं प्यानल बनाएर महाधिवेशनमा भिड्ने भन्ने खुलाएका छैनन् ।
सहयोग माग्न भनेर बुधबार उनको निवास पुगेका नेता पौडेललाई उनले सकारात्मक जवाफ दिएनन् । त्यसमा पनि उनी पक्षका अधिकांश नेताले संस्थापन पक्षसँग मिलेर अघि बढ्नु पर्ने सुझाव दिइरहेका छन् ।
महाधिवेशन प्रतिनिधिको संख्याको हिसावले धेरै नभएपनि अन्तिम प्रतिस्पर्धामा उनी निर्णायक बन्न सक्ने सम्भावना रहेको कतिपयको बुझाइ छ ।
इतर पक्षमा आफूहरुबीच नै नेतृत्व बाँटफाँटमा समस्या भइरहेको बेला उनी तर्फका नेताको व्यवस्थापन त्यति सहज बन्ने देखिएको छैन । यसअघि पार्टीमा विवाद हुँदा इतरपक्षसँग नजिक रहेन गरेपनि निर्णायक बेलामा सिटौलाले देउवालाई साथ दिँदै आएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend