बुटवल । नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको सम्मेलन सुरु भएको ६ दिनसम्म नेतृत्व चयन हुन सकेको छैन । नेतृत्वको विषयलाई लिएर दुई समूहबीच कुरा नमिलेपछि नेतृत्व चयन हुन नसकेको हो ।
मंसिर १८ गते माओवादी केन्द्रले बुटवल उपमहानगर कमिटीको दोस्रो सम्मेलन आयोजना गरेको थियो । तर, नेतृत्व चयन नगरि सोही दिन सम्मेलन सकिएको घोषणा गरिएको थियो । सम्मेलन सकिएको घोषणा गरिएको भए पनि ६ दिन वितिसक्दासमेत नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन ।
स्थानीयस्तरमा सक्रिय नेता, कार्यकर्ताले बाहिरबाट आएकालाई नेतृत्वमा ल्याउन नचाहने र केही नेताले आफूखुशी नेतृत्व चयन गर्न खाजेपछि विवाद सतहमा आएको हो । सम्मेलनले नगर प्रतिनिधि छनोट गरे पनि पदाधिकारी र प्रदेश प्रतिनिधि छान्न सकेको छैन । नौ जना चयन हुने प्रदेश प्रतिनिधिमा २३ जनाको उम्मेदवारी परेको छ। “माथिका नेताले आफूखुशी प्रतिनिधि छान्न खोज्दा कुरा नमिलेको हो, यहींबाट छानिनुपर्छ भन्ने हाम्रो माग हो” नगर कमिटीका एक नेताले भने ।
उनले माथिल्लो तहका नेताले बुटवल उपमहानगर कमिटीको सम्मेलनमा भद्रगोल मच्चाएको टिप्पणी गरे । “यस्तो तरिकाले पार्टी चल्दैन, यहाँको अवस्था माथिकालाई थाहा हुँदैन, आफूखुशी गर्ने हो भने सम्मेलन गर्नुको अर्थ छैन” उनले भने ।
रुपन्देहीका संयोजक नारायण जिसी (निर्मल) र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले आफू अनुकुलका व्यक्ति ल्याउन खोजेपछि विवाद चर्किएको उनले दाबी छ । “विधानविपरित मान्छे ल्याउन पाइँदैन भन्ने हाम्रो भनाइ हो” उनले भने ।
अर्को पक्षले भने मनोज राना, मन्जु भुसाल, नारायण बन्जाडे, मणि भट्टराईलगायतलाई ल्याउन चाहेका छन् । माओवादी नेता वामदेव क्षेत्री, विनोद पहाडीलगायतका नेताले उनीहरुलाई अगाडि सारेको बताइएको छ । तर, नेता जिसी, विश्वकर्मा र नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरुलाई नल्याएर आफू पक्षधरलाई ल्याउन खोजेपछि विवाद भएको ति नेताले बताए ।
नेतृत्वमा सहमति जुटाउने गरी तीन दिनअघि बसेको बैठकमा झण्डै हात हालाहालको अवस्था आएको थियो । पार्टी केन्द्रीय अनुशासन कायोगका सदस्य विनोद पहाडीमाथि आक्रमणको प्रयास समेत भएको उनले बताए ।
अहिले दुवै समूह आ–आफ्नो शक्ति सञ्चय गरेर नेतृत्व स्थापित गराउने दाउमा लागेका छन् । स्थानीय नेता कार्यकर्ताले भूगोलमा काम गरेकालाई नेतृत्वमा पठाउनुपर्ने बताउँदै आएका छन् । माओवादी रुपन्देहीका संयोजक नारायण जिसी (निर्मल) ले आन्तरिक कारणले नेतृत्व छान्न ढिलाई भएपनि केही दिनमा टुंगिने दाबी गरे । केही व्यक्तिहरुको स्वार्थ नमिलेका कारण नेतृत्व चयन गर्न नसकिएको बताउँदै उनले प्रदेश प्रतिनिधि शुक्रबार टुंगिने उनले बताए ।
रुपन्देहीका १६ वटा पालिका मध्ये १४ वटामा माओवादीले नेतृत्व टुंगो लगाएको छ । बुटवल उपमहानगरपालिका र ओमसतिया गाउँपालिकामा विवादका कारण नेतृत्व टुंगो लाग्न सकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend