Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन: सभापतिको साझा उम्मेदवार बनाएरै छाड्छौँ- मीनेन्द्र रिजाल


    बिहिबार, मंसिर २३ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन् । 

    बिहीबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापनइतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताए । 

    ‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ,’ उनले भने, ‘हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौँ ।’ 

    कांग्रेस नेतृत्वमा शेरबहादुर देउवाको विकल्प आवश्यक रहेको भन्दै उनले यसका लागि आफूहरू क्रियाशील रहेको बताए । 

    ‘कांग्रेस नेतृत्वमा देउवाको विकल्प खोजेको छौँ । उहाँको विकल्प चाहिन्छ भन्नेमा छौँ,’ डा रिजालले भने ।

    कांग्रेस प्रतिस्पर्धाको पार्टी रहेकाले प्रतिस्पर्धामार्फत नै नेतृत्व चयन हुने उनको भनाइ छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरू हुँदै छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार