Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विधिवत् रुपमा सम्पन्न हुँदै विवाहपञ्चमी महोत्सव


    बिहिबार, मंसिर २३ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक  सीताराम विवाहपञ्चमी महोत्सव आज बिहीबार विधिवत् रूपमा सम्पन्न हुँदै छ । महोत्सवको मूख्य आकर्षण भगवान राम र सीताको स्वय‌ंवर विवाह बुधवार राती सम्पन्न पश्चात बिहीबार रामकलेवा हुँदै महोत्सव सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

    रामकलेवामा जन्तीको रूपमा भारतको अयोध्यासहितका स्थानबाट आएका सन्तमहन्थहरूलाई जानकी मन्दिरले भोज खुवाई दक्षिणासमेत दिएर बिदाइ गर्ने चलन छ । 

    पौराणिक कालमा सीतारामको विवाह भएको सम्झना स्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी  महोत्सवमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट आएका श्रद्धालुभक्तजनहरू बिहानैदेखि घर फर्किरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार