Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यु-१९ क्रिकेट: नेपाल र बंगलादेश एकै समूहमा 


    बिहिबार, मंसिर २३ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ ।

    एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् । 

    समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् ।  प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ ।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । 

    नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ । 

    प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार