Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूईएफए च्याम्पियन्स: युभेन्ट्स विजेता, चेल्सी उपविजेता 


    बिहिबार, मंसिर २३ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साविक विजेता चेल्सी बराबरीमा रोकिदा युभेन्ट्स यूईएफए च्याम्पियन्स लिगको समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । 

    समान अंक भए पनि चेल्सी उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    बुधबार राति भएको खेलमा युभेन्ट्सले माल्मोलाई १-० ले पराजित गर्‍याे ।  घरेलु मैदानमा मोइस किनले १८औँ मिनेटमा निर्णायक गोल गरेपछि युभेन्ट्सले विजेता बन्यो । 

    समूहको अर्काे खेलमा चेल्सीले जेनिट सेन्ट पिटर्सवर्गसँग ३-३ गोल अन्तरमा रोकियो । 

    चेल्सीका टिमो वेर्नरले दुई तथा रोमेलु लुकाकुले १ गोल गरे । जेनिटका क्लाउडिनो, सरदार एनमोउन र मागोमेड ओज्डोइभले गोल गरे । 

    जितसँगै १३ अंक बनाएका युभेन्ट्स समूह विजेता तथा उपविजेता चेल्सी नकआउट चरणमा स्थान बनाए । ५ अंकको जेनिट र १ अंकको माल्मो समूह चरणबाटै बाहिर रहे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार