Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खोप निर्मात कम्पनी भन्छन्- बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हन्छ 


    बिहिबार, मंसिर २३ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने बताएका छन् । 

    बुस्टर डोज लगाएमा ओमिक्रोनविरुद्ध प्रभावकारी हुने ती कम्पनीले बताएका हुन् । अन्य भेरियन्टविरुद्ध दुई डोज खोप लगाए बराबरको एन्टीबोडी ओमक्रिोनका लागि तीन डोज लगाउँदा मात्र प्राप्त हुने ती कम्पनीहरुले जनाएका छन् । 

    फाइजरको तेस्रो डोज लगाउँदा ओमिक्रोनलाई निस्तेज पार्न सकिने फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले जानाकारी दिए । ‘अहिले देखिएको नयाँ भेरियन्टको भाइरसबाट जोगिने सबैभन्दा प्रभावकारी तरिका भनेको बुस्टर डोज हो,’ उनले भने । 

    आफूहरुको अध्ययन प्रारम्भिक भएको र अझै थप अनुसन्धान आवश्यक भएको फाइजर एन्ड बायोएनटेकले जनाएका छन् । 

    आफूहरुले ओमिक्रोनलाई लक्षित गरेर विशेष प्रकारको खोप आविश्कार गर्न लागेको पनि ती कम्पनीले जनाएका छन् । आगामी १०० दिनभित्र नयाँ खोप तयार हुने उनीहरुको भनाई छ । 

    यसअघि विश्व स्वास्थ्य संगठनले अहिले प्रचलनमा रहेका खोपहरुले ओमिक्रोनका लागि काम गर्ने जनाएको थियो । ओमिक्रोनविरुद्ध अहिले प्रचलनमा आएका खोपहरुको प्रभावकारीतावारे विज्ञहरुले विभिन्न अनुसन्धान गरिरहेका छन् । 

    ओमिक्रोन अहिलेसम्मकै खतरनाक भेरियन्ट भएको विज्ञहरुले बताउँदै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार