Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई


    बिहिबार, मंसिर २३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । ऋषिङ गाउँपालिकाले आयोजना गरेको खुला अन्तर पालिकास्तरीय अध्यक्ष कप पुरुष भलिबलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले उचालेको छ ।

    बुधबार ऋषिङको झापुटार खेल मैदानमा भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३-२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि उचालेको हो ।

    उपाधिसँगै गल्कोटले नगद १ लाख ४० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    उपविजेता शुक्लागण्डकीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार