Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • दाङमा द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बिमा


    बिहिबार, मंसिर २३ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । दाङको घोराही उपमहानगरपालिका-१७ का द्वन्द्वपीडितकाे नि:शुल्क स्वास्थ्य बिमा गर्न थालिएको छ ।  

    वडा कार्यालयले ३३ जनाकाे स्वास्थ्य बिमा गरिदिएको हो । घोराहीका मेयर नरुलाल चौधरीले द्वन्द्वपिडीतका लागि स्वास्थ्य बिमाको शुभारम्भ गरे ।

    जनयुद्ध, जनआन्दोलनका सहिद र बेपत्ताका परिवार तथा घाइतेकाे नि:शुल्क स्वास्थ्य बिमा सुरु भएकाे हाे । 

    घोराही-१७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको र चालु आर्थिक वर्षमा द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याएको बताए  ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार