Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार  


    बिहिबार, मंसिर २३ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोल्पा । उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

    उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हाे ।

    राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो । व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूतिगृह नहुँदा तथा अरु कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् ।

    स्वास्थ्य संस्थामा जान खोजे पनि दक्ष स्वास्थ्यकर्मी नहुने, बिदामा गएको जस्ता समस्या भइरहने स्थानीयको गुनासो छ । हिउँले गाउँभरी सेताम्य भएको र बाटोसमेत अवरुद्ध भएकाले हेलिकोप्टरबाट उनको उद्धार गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार