Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः संसारबाट विफल उन्मुलन घोषणादेखि फ्रान्सको तल्लो सदनमा बम बिस्फोट


    बिहिबार, मंसिर २३ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज ९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    विफर उन्मुलन

    सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले विफर उन्मुलन भएको घोषणा गरेको थियो । इतिहासमा अहिलेसम्म दुई ओटा संक्रमित रोग मात्रै पूर्ण रुपमा उन्मुलन भएका छन् । सन् २०११ मा रिन्डरपेस्ट  उन्मुलन भएको घोषणा गरिएको थियो । रिन्डरपेस्ट गाइबस्तुमा लाग्ने एक प्रकारको संक्रमक रोग हो ।

    तांगानिका स्वतन्त्र

    सन् १९६१ मा तांगानिका स्वतन्त्र भएका थियो । गणतन्त्र तांगानिका सन् १९१६ देखि १९६१ सम्म ब्रिटीशको शासनमा थियो । पूर्वीअफ्रिकाको महत्वपूर्ण क्षेत्र तागानियालाई सन् १९२२ मा लिग अफ नेसनले आधिकारिक रुपमा बेलायतलाई सुम्पिएको थियो । सन् १९६४ मा पिुपुल्स रिपब्लिक अफ जान्जिवर र पेम्वा मिसिएर तांगनिया बनेको थियो । त्यसपछि सन् १९६५ मा युनाइटेड रिपब्लिक अफ तांगनिया भएको थियो ।

    फ्रान्सको तल्लो सदनमा बिस्फोट

    सन् १८९३ मा फ्रान्सेली अराजकतावादी अगस्टी भ्यालियन्टले फ्रान्सको तल्लो सदन च्याम्वर अफ डिपुटिजमा बम बिस्फोट गराएका थिए । सो आक्रमणमा कोही घाइते नभए पनि उनलाइ मृत्युदण्डको सजाँय सुनाइएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार