Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा


    बुधबार, मंसिर २२ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बझाङ । सरकारले  यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

    गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो । 
     
    जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पु¥याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् । नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गरे  ।

    विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आँकलन ,पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार