Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवादै विवादमा पर्यटन बोर्डका सीईओ रेग्मी,  पीएचडीको प्रमाणपत्र पनि नक्कली !


    बुधबार, मंसिर २२ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिईओ) धनन्जय रेग्मी एकपछि अर्को विवादमा परिरहेका छन् । त्रिभुवन विमानस्थलमा अत्यधिक मदिरा सेवन गरी कर्मचारी कुटिएपछि उनी विवादमा आएका हुन् । गएको कात्तिक १५ देखि लन्डनमा भएको तीनदिने वल्र्ड ट्राभल मार्टमा सहभागी भएर कात्तिक २० गते बिहान ९ बजे नेपाल फर्किदा उनले भन्सार कार्यालयका नायबसुब्बा सुमन थापालाई कुटपिट गरेको बिषय सार्वजनिक भयो ।

    ६ बोत्तल ड्युटी फ्री मदिरा ल्याएका रेग्मीलाई भन्सारका नासु थापाले नियम अनुसार १ बोत्तल मात्र ल्याउन पाउने अनुमति भएको कुरा सम्झाएका थिए । तर मदिराले मातेका रेग्मीले नासु थापालाई मन्त्री र सचिवसहितका ब्यक्तिको बोत्तल हो भन्दै गालीगलौज गरेको सीसीटीभी फुटेजमै देखिएपछि उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए ।

    लण्डनबाट फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए । तोकिएको परिमाण भन्दा बढी रक्सी बोकेर आएका रेग्मीलाई जरिवाना गरिनुका साथै बढी भएको रक्सी जफत गरिएको थियो । पर्यटन बोर्डको सिईओको रुपमा उनले विमानस्थलमा तमासा देखाएपछि उनको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ ।

    पर्यटन मन्त्रालयले उनीबाट पर्यटन प्रबद्र्धनको कार्यमा योगदान नपुग्ने निष्कर्षका साथ उनको विकल्प खोज्न थालेपछि उनी मन्त्री आलेका बिरुद्ध बोर्डमै पत्रकार बोलाएर समाचार लेखाउने अभियानमा लागेका छन् । पर्यटनको क्षेत्रको ज्ञान खासै नभएका तर करोडौं रुपैयाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएर उनी सिईओ भएका उनको पीएचडीको प्रमाणपत्र नै सक्कली नभएको स्रोतको दाबी छ । जापानबाट पीएचडी गरेको भन्दै आएका छन् रेग्मी । उनको पीएचडीको प्रमाणपत्र आशंकाको घेरामा रहेको जानकारी पर्यटन मन्त्रालयले पनि पाइसकेको छ ।

    भ्रष्टाचारीहरुको सम्पत्ति शुद्धिकरणमा रेग्मीको सहयोग

    केपी ओली सरकारका तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले रेग्मीलाई पर्यटन बोर्डको सीईओमा नियुक्त गरेका थिए । पर्यटनमा भन्दा पनि गाडी ब्यापारमा अनुभव भएका उनलाई सीईओ नियुक्त गरिएको थियो । कर फस्र्योट आयोगबाट २१ अर्ब अनियमितता गरेको र एनसेल लाभकर छलीका मुख्य योजनाकार चुडामणि शर्माको भ्रष्टाचारको ठूलो हिस्सा यिनै रेग्मीसँग रहेको छ । उनको नाममा काठमाडौं उपत्यकादेखि विभिन्न सहरमा रहेका पचासौं रोपनी जग्गा, घरदेखिका सम्पत्ति छानबिन गर्ने हो भने उनले भ्रष्ट प्रशासक र नेताहरुको पैसा लुकाएको फेलापर्ने उनलाई चिन्नेहरु बताउँछन् । त्यसो त उनले ललितपुर नापी कार्यालयमा आफ्नै निकटका बन्धु नारायण रेग्मी प्रमुख हुँदा उनले कमाएको पैसा समेत ब्यवस्थापन गरेको स्रोत बताउँछ ।

    नारायण रेग्मीले ललितपुर नापीबाट जग्गा कारोबारीलाई प्लानिङ गर्नका लागि अनुमति दिने क्रममा एउटा घडेरी सिंत्तै घुसबापत लिने गरेका थिए । त्यसरी लिएको घडेरी बिक्री गरेको सम्पत्ति उनले धनञ्जय रेग्मीको नाममा जग्गा किनेर राखेका छन् । धनन्जय रेग्मीले धापाखेलस्थित सुमेरु अस्पतालनिर लिएको १२ आना जग्गा नारायण रेग्मीकै ललितपुर नापीमा हुँदाको आर्जन रहेको स्रोतको दाबी छ । चुडामणि शर्मा आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा घुस बुझाउने ठाउँ नै रेग्मीको लैनचौरस्थित टोयटा गाडीको कार्यालय थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार