Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • विश्व इतिहासमा आजः दोस्रो विश्वयुद्धमा अमेरिका प्रवेश भएको त्यो दिन 


    बुधबार, मंसिर २२ २०७८
    480
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज ९ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही स्मरणीय घटना-

    रोमानियामा प्रजातन्त्र
    सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत नयाँ संबिधान पारित भएको थियो । ४२ वर्षको कम्युनिस्ट शासन ढलेपछि रोमानियामा प्रजातन्त्र आएको थियो ।
     
    प्यालेस्टाइनमा आन्दोलन
    प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधरणको  हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो । सन् १९९१ मा भएको म्याड्रिड सम्मेलनपछि सन् १९९३ मा हिंसा समाप्त भएको थियो । प्यालेस्टाइन र इजरायलबीच सन् २००० मा दोस्रो चरणको हिंसा भएको थियो ।

    दोस्रो युद्धमा अमेरिकाको प्रवेश
    सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो । सन् १९४१ को ८ डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

    राष्ट्रमन्डल घोषणा
    सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । बेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार