काठमाडौं । लामो समयदेखि वहसको बिषय बन्दै आएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी बारे निर्णय गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार बोलाइएको छ । आइतबार अपहराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकको मुख्य एजेन्डा एमसीसी नै हुने बताइएको छ ।
लामो समयदेखि नेकपाका नेताहरु एमसीसी पारित गर्न हुने र नहुनेमा विभाजित छन् । एकथरी एमसीसी पास भएमा अमेरिकी सेना नेपालमा आइहाल्छ भन्ने अतिवादी कुरा गरिरहेका छन् भने अर्कोथरी नेताहरुले एमसीसी पारित नगरे अमेरिका रिसाउँछ, पास गर्नुपर्छ भन्दैआएका छन् ।
नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य भीमबहादुर रावल एमसीसी पारित गर्नै नहुने पक्षमा देखिएका छन् । खनालको संयोजकत्वमा एमसीसी पारित गर्ने कि नगर्ने भन्ने बिषयमा गठित रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको समितिले प्रतिवेदन दिइसकेको छ । प्रतिवेदनमा खनाल र रावलले पास गर्नै नहुने राय दिएका छन् भने ज्ञवालीले त्यसमा पास गर्नुपर्ने आसयको फरक मत सहित राय दिएका छन् । नेकपाभित्र प्रधानमन्त्री ओली पक्ष र सरकारमा रहेका माधव नेपाल पक्षका मन्त्रीहरु पनि एमसीसी पास गर्नुपर्ने पक्षमा छन् ।
यसअघि जेठ १७ गते एमसीसीका बारेमा निर्णय गर्न नेकपा सचिवालय बैठक बसेको थियो । त्यो बैठकले पनि कुनै निष्कर्ष दिन सकेन । पछिल्लो समय एमसीसीमा रहेका प्रावधान संंशोधन पारित गर्नु नहुने पक्षमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत पुगेको समाचार पनि सार्वजनिक भएको परिप्रेक्ष्यमा नेकपा सचिवालय बैठक बस्दैछ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend