Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रेरक प्रसंग 


    मंगलबार, फाल्गुन २७ २०७६
    1.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • संसारको यथार्थ 
    एकजना युवक फुर्सद पाउनासाथ नजिकैको आश्रममा बस्ने महात्माकहाँ पुगेर बिचार बिर्मशमा डुब्थ्यो । बिर्मशको क्रममा एकदिन महात्माले भने, मातापिता र परिवारको भरपोषण गर्नु हाम्रो कर्तब्य हो ।
    तर मायामोहको बशमा परि त्यसैमा आसक्त भएर जिबनलाई खुम्च्याउनु भने हुदैन । त्यसैले परिवारको भरपोषणका साथमा हामीले भगवानको स्मरणमा पनि उतिकै समय दिनुपर्छ । 
     आफुलाई परिवारका हरेक सदस्यले प्राणझै माया गर्छन् र आफूबिना उनीहरु मर्छन् भन्दै युबक महात्माको बिचारसित सहमत हुन सकेनन् । उनिहरुबिच यसबारे परीक्षा गर्ने सहमति भयो । सहमतिपछि युबक घर फक्र्यो । घर पुग्नासाथ पेट दुख्यो भनेर भुइँमा पछारियो । परिवारका सबै भेला भए । युबकले मरेँ मरेँ भन्दाभन्दै प्राण त्याग्यो । परिवारका सबैजना रुन कराउन थाले । त्यसैबेला ती महात्मा त्यहाँ आइपुगे र उनले भने मृतकलाई म बचाईदिन्छु मलाई अलिकति जल दिनुहोस । खुसी हँदै युबककी पत्नीले तुरुन्तै जल ल्याइदिइन् । महात्माले मन्त्र पढ्दै भने ल अब तपाँइहरुमध्ये एक जनाले यो जल पिउनुहोस् । जसले यो जल पिउँछ ऊ मर्छ अनि यो युबक उठ्छ र बाँच्छ ।
       उपस्थित सबैजना मुखामुख गर्न थाले, अर्को बाँच्छ भनेर को मरोस्, भन्दै छिमेकी सबै लाखापाखा लागे । युबकका पिताले भने  म यो जल अबश्य पिउँथे तर म मरे भने मेरी  श्रीमतीको के हाल होला ? माताले भनिन् म पिउथे , तर म मरेँ भने मेरा बूढाको कन्तबिजोग हुन्छ , यिनी खानै नपाई मर्न बेर छैन । पत्नीले भनिन्  यी लालाबाला नभएको भए म पिउँथे , तर यिनको सुरक्षित भबिश्यका लागि पनि मैले बाच्नु जरुरी छ । 
     सबैका कुरा सुनेपछि महात्माले भने त्यसो भए मै पिइदिँऊ त त्यो जल ? प्रस्ताब भुइँमा खस्न नपाउदै सबैले एकै स्वरमा भने हुन्छ हुन्छ तपाइँ नै पिउनुहोस् । तपाईको त रुने कराउने पनि कोही छैनन् । त्यसपछि जुरुक्क उठेर युबकले भन्यो महात्माजी, तपाइँले पिउनुपर्दैन । मैले संसारको बास्तबिकता बुझेँ ।  नयाँ पत्रिकाबाट

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार