Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेस महोत्तरीमा वडा र क्षेत्रको विवादले जिल्ला अधिवेशन ओझेलमा


    सोमबार, मंसिर १३ २०७८
    265
    Shares
  • २ मिनेट पाठ
  • महोत्तरी।नेपाली कांग्रेस महोत्तरीको वडा र क्षेत्रको अधिवेशन टुंगिन नसक्दा जिल्ला अधिवेशन प्रक्रिया अगाडि बढाइएको छैन ।

    मनरासिस्वा नगरपालिकाको-८ को विवादका कारण अधिवेशन भएको छैन भने क्षेत्र नम्बर २ र ३ मा सहमति जुटाउन निरन्तर छलफल भएता पनि विवाद कायम नै छ ।

    क्षेत्र नम्बर १, २ र ४ मा प्रदेशसभा प्रतिनिधिहरू चयन भए पनि क्षेत्र नम्बर ३ मा भने वडा अधिवेशनको विवादले प्रदेशसभा, केन्द्रीय महाअधिवेशन प्रतिनिधि तथा पालिका र क्षेत्रीय अधिवेशन अझै भएको छैन ।

    क्षेत्र न.१ र ४ को भने अधिवेशनको परिणाम आइसकेको छ । क्षेत्र नम्बर १ मा सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो । त्यसैगरी क्षेत्र नम्बर ४ मा सर्वसम्मतिमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको हो ।

    क्षेत्र नम्बर १ मा महेश कुमार झा र क्षेत्र नम्बर ४ मा उत्तिम प्रसाद सभापतिमा निर्वाचित भएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले देशैभरी सकेसम्म सर्वसम्मतिमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि महोत्तरीका नेता तथा कार्यकर्तासमेत सर्वसम्मतको प्रयासमा जुटेका थिए ।

    तर, आकांक्षी धेरै भएपछि सर्वसम्मतको प्रयास असफल भइरहेको नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार