Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • राजेन्द्र महतो र उपेन्द्र यादवको प्रश्नः महाकाली सन्धि गर्दा नदीलाई किन साझा भनियो ?


    शनिबार, जेष्ठ ३१ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधनमाथिको दफावार छलफल छलफल जारी छ । अहिलेसम्म नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो, उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङ्देन, मसालका दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवालले नेपाली भूमि समेटेर तयार गरेको नक्सा निशानछापमा राख्नका लागि गर्ने संविधान संशोधनलाई समर्थन गरेका छन् । त्यसमध्ये जसपाका राजेन्द्र महतोले सम्बोधनलाई सबैले तारिफ गरेका छन् । सामाजिक संजालमा पनि उनको देशभक्तिको चर्चा हुने गरेको छ । त्यसमा पनि उनले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा कसरी भारतले अतिक्रमण गर्यो, त्यसको खोजी गरी श्वेतपत्र जारी गर्न माग गरे ।

    २०५२ मा भएको महाकाली सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको साझा नदीका रुपमा मान्यता दिनेहरु को को हुन्, उनीहरुले गर्दा उक्त भूमि गुम्न पुगेकोमा क्षमा माग्ने कि नमाग्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई कटाक्ष गरेका थिए । २०५२ मा महाकाली सन्धि हुँदा देउवा प्रधानमन्त्री थिए । तत्कालीन एमालेका तर्फबाट यो सन्धि गराउन पार्टी नै फुटाउनेसम्मको गतिविधि ओलीबाट भएको थियो । महतोको प्रश्न थियो, महाकाली सन्धिको बेलामा महाकालीको मुहान पत्ता किन लगाइएन ?’ उनले राष्ट्रियताको परिभाषा नयाँ ढंगले गर्नुपर्ने समय आएको बताएका छन् । उनले राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने अभिब्यक्ति दिएका थिए ।

    संविधान संशोधन विधेयकमाथिको भाग लिदैँ महतोले अनुहार हेर्नेबित्तिकै कसैलाई मधेसी वा यो त भारतीय होला भन्ने नश्लवादी कुण्ठा हटाउन सबैलाई आग्रह गरेका छन् । उनले मधेसीले सीमा रक्षाका लागि पनि संघर्ष गरेको स्मरण गराउँदै मधेस र मधेसीको राष्ट्रियताका बारेमा शंका नगर्न आग्रह गरे ।

    समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् । उनले सुगौली सन्धिभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए । सुगौली सन्धीले महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख भएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार