Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • राष्ट्रिय मुद्दामा हामी सबै दल एकठाउँमा छौं, भारतले त्यो भावना बुझोस्ः अध्यक्ष प्रचण्ड


    शनिबार, जेष्ठ ३१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमि समेटेर तयार गरेको नक्सा संसदबाट सर्वसम्मत रुपमा अनुमोदन हुनु भनेको भारतसँग दूरी बढाउनु नभएको बताएका छन् । प्रतिनिधिसभामा संविधान संशोधनका बारेमा भएको सैद्धान्तिक छलफलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्–‘संसदबाट यो नक्सा अनुमोदन हुनु भनेको भारतलाई यो समस्या सामाधानका घचघच्याउनु हो । यो समस्याको सत्यतथ्यका आधारमा र प्रमाणका आधारमा नयाँ तथ्यका आधारमा समाधान गर्नका लागि हो ।’

    ‘हामी भारत, चीनसँग सुमधुर र सन्तुलित मैत्री सम्बन्ध राख्न चाहन्छौं । असंलग्न परराष्ट्र नीति अनुसार दुवै देशसँग नयाँ सम्बन्धको विकास गर्न चाहेका छौंं । अध्यक्ष प्रचण्डको भनाइ छ ।

    सम्बोधनका क्रममा विचाराधारात्मक रुपमा फरक भए पनि राष्ट्रिय मुद्दामा सबै दल एक छौं भन्ने सन्देश हामीले दिएका छौं, अध्यक्ष प्रचण्डले प्रष्ट शब्दमा भने–हामी सबै वर्ग, जागि एक ठाउँमा आएका छौं । यो एकता भारतलाई अप्ठेरो पार्नका लागि होइन, यो एकता भारतले हाम्रो समस्या ठीक ढंगले बुझिदेओस् सन्देश प्रवाह गर्न चाहेका हौं । राष्ट्रिय मुद्दामा हामी सबै ऐतिहासक मुद्दामा एक छौं, हिजो, आज र भोलि पनि एक हुनेछौं । आजको यो ऐतिहासिक क्षणमा त्यो एकता देखाएर सावित गरेका छौं ।

    भारतको सरकार, राजनीतिक दल, बुद्धिजीवी र पत्रकारलाई नेपाली जनताको यो संवेदशीलता बुझिदिन आग्रह गर्दछु । आज मलाई गर्वको महसुस भएको छ, १२ बुँदे सम्झौतादेखि शान्ति सम्झौतासम्म आउँदा जुन राजनीतिक संस्कारको विकास गरियो, भूकम्पको त्रासदीमा होस्, संविधान बनाउने बेलामा होस् हामीले एकता प्रदर्शन गर्यौं । यसले नेपालको चेतना र भावनालाई प्रकट गरेको छ ।

    पार्टीहरुले देश बचाउन सकेनन्, सामन्तहरु चाहियो भन्ने पनि बाटामा सुनें । तर त्यस्ता तत्वहरुलाई म के भन्न चाहन्छु भने राजतन्त्रले भारतलाई सुम्पेको भूमि गणतन्त्रले फिर्ता ल्याउन पहल गरेको हो । आज त्यही भूमिको नक्सा पारित गर्दैछौं । नेपाली जनतालाई भ्रमित गर्ने प्रयास कहीँबाट नहोस् । नेपाली जनता कसैको भ्रमको पछि लाग्ने छैनन् । राष्ट्रिय एकताका साथ यो मुद्दा र कोरोना महामारीको राष्ट्रिय सहमतिका साथ सामना गरेरै देखाउनेछौं । धमिलो पानीमा माछा माछा मार्ने प्रयत्न बन्द गरौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार