Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टीको निर्देशन नमान्ने सरिता गिरीलाई कारबाहीको तयारी


    शनिबार, जेष्ठ ३१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीको निर्देशन समेत अवज्ञा गरेपछि सरिता गिरीलाई कारबाहीको तयारी गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सरकारले जारी गरी निशानछाप परिवर्तनका लागि आज संसदमा अनुमोदन गर्ने कार्यक्रम छ ।

    यसअघि उक्त विधेयक कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले जेठ २७ मा पेश गर्दा संसदमा सर्वसम्मतिले स्वीकृत भएको थियो । तर सरिता गिरीले जेठ २८ मा एकाएक संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । जसले गर्दा जनता समाजवादी पार्टीलाई पनि अप्ठेरो पर्यो। जसपाका अध्यक्ष उपेन्द्र यादवदेखि सबैले गिरीलाई सम्झाए तर उनले फिर्ता लिन नमानेपछि अब पार्टीले उनलाई कारबाही गर्ने विकल्पमात्र बाँकी छ ।

    सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त प्रस्ताव फिर्ता नलिएपछि उनलाई आवश्यक कारबाही गर्ने तयारी भएको हो ।

    समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार गिरीलाई अझै पनि संसोधन फिर्ताका लागि आग्रह गरिने र उक्त प्रस्ताव फिर्ता नलिए पार्टीको ह्विपबिपरित गएको ठहर गर्दै कारबाही हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार