काठमाडौं । सामाजिक संजाल प्रयोगकर्ताहरुले बनाएको प्राइभेट ग्रुप बनाएर त्यसमार्फत् जेठ २९ देखि सुरु भएको आन्दोलनको डिजाइनर को हो ? भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट अनुमोदन हुुने पूर्वसन्ध्यामा आन्दोलन गर्नुको उद्देश्य के हो ? भारतीय मिडियाले भनेजस्तै भारतीय भूमि नेपालमा समेटेबापत ओली सरकारको हावा निकाल्नका लागि यो आन्दोलन हो त रु यसमा प्राइभेट गु्रपमा जोडिएका सामाजिक संजाल प्रयोगकर्ताले एकपटक गम्भीर भएर सोच्नुपर्ने हो कि ?
संसदबाट नक्सा पास हुने शनिबार आन्दोलनलाई ब्यापक बनाउने भन्नुले प्राइभेट ग्रुप बनाउनेहरुको उद्देश्य के हो, केका लागि हो रु यो प्रश्न गम्भीर छ । ‘कोभिड–१९ नेपालः इनफ इज इनफ’को उद्देश्य भ्रष्टाचारको बिरोध गर्नु रहेको हो भने त्यो बिरोध कमसेकम शनिबार नगरौं । किनकि ६० बर्षदेखि भारतले अतिक्रमण गरेको भूभाग सहितको नक्सा समेटेर आज नेपालको सिंगो संसदले त्यसलाई अनुमोदन गर्दैछ ।
प्राइभेट ग्रुप बनाउनेको उद्देश्य जे भए पनि त्यसमा आवद्ध सबै युवाहरु आफ्नो देशको भूभाग समेटेर नक्सा जारी गर्ने सरकार र त्यसलाई अनुमोदन गर्ने कार्यको बिरोधी हुन सक्दैनन् । आफ्नै देशको भूमि भारतले बलात् कब्जा गर्दा त्यो भूमि समेटेर सरकारले नक्सा जारी गरेको छ । र, आज संसदबाट त्यो अनुमोदन हुँदैछ । भारतले उक्त नक्सा जारी हुनबाट रोक्न सबै उपाय अबलम्बन गर्यो, तर सरकारले जारी गरेरै छाड्यो, संसदबाट पास गर्न नदिन ओली सरकार नै ढाल्ने कसरत गर्यो, त्यो पनि नाकाम भयो । संसदबाट पास हुन नदिन धेरै प्रयत्न गर्यो । त्यसमा पनि असफल हुँदै गएको छ । संसदबाट पास हुने पूर्वसन्ध्यामा आन्दोलन हुनु र भारतीय मिडियामा त्यो आन्दोलनको बढाइचढाई प्रचार हुनुले पनि पर्दाभित्र परिचालक को हो ? खुल्दै जान थालेको छ । भारतीय मिडियाले ओली सरकारको हावा खुस्कियो भन्ने आसयका समाचारहरु दिनु र संसदमा नक्सा अनुमोदन हुने दिन आन्दोलन झन् ब्यापक बनाउने भन्नुले पनि आन्दोलन केका लागि हो भन्ने अनगिन्ती प्रश्नहरु देखिएका छन् ।
सामाजिक संजाल प्रयोगकर्ताका नाममा भएको आन्दोलनको नेतृत्व कसैले गरेको देखिंदैन । तर पोखरामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षका छोरा तोडफोडमा संलग्न हुँदाहुँदै पक्राउ पर्नु र रामेछापमा भ्रष्टाचारको बिरोध गर्दै नेविसंघले मसाल जुलुुस निकाल्नुले आन्दोलनमा पर्दापछाडिबाट गगन थापाको समूह पनि परिचालित रहेको आशंका गरिएको छ । कोभिड–९ रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको भन्ने कसैको भाषणलाई आधार बनाएर आन्दोलन गरिएको छ । तर त्यसको आधिकारिक तथ्यांक नै नभर्इृ कसैले गरेको भाषणका भरमा युवा जमात त्यो पनि देशको नक्सा सार्वभौम संसदबाट अनुमोदन भइरहँदा किन सडकमा उत्रिएको हो ? माथिका प्रश्न हरेक स्वाभिमानी नेपालीले शुक्रबार बेलुकादेखि नै गर्न थालेका छन् ।
भ्रष्टाचार गर्नेमाथि त जहिले पनि छानबिन गर्नसकिन्छ । २०५० मा गैरकानुनी रुपमा दर्ता गरेको ललिता निवास बालुवाटारको जग्गा केपी ओली सरकारले २०७५ मा सरकारका नाममा फिर्ताल्याउने प्रक्रिया सुरु गरेकै छ भने कोभिड–१९ मा भ्रष्टाचार भएको रहेछ भने त्यो १० बर्षपछि पनि त छानबिन भइहाल्छ । ओली सरकारको बहिर्गमनपछि पनि त त्यो छानबिन हुने नै छ । गगन थापाले स्वास्थ्य मन्त्री हुँदा १० करोडको सीटीस्क्यान ४८ करोडमा किनेको भनेर महलेखा परीक्षकको कार्यालयले प्रतिवेदन दिएपछि न नागरिकले थाहा पाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend