काठमाडौँ, ३० जेठ । नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणले नेपाल–भारत सीमाका विषयमा भ्रम फैलाउने काम गरेका छन्।
श्यामशरणले ऐतिहासिक तथ्यहरु बङ्ग्याएर नेपालका तत्कालीन राजाहरु श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गर्ने प्रयास गरेका छन् । श्यामशरणले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपालका भूभागलाई भारतीय भएको दावी गर्दै द इण्डियन एक्सप्रेसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ‘भारतसँग छिटै वार्ता सुरु गर्न लागेको र कूटनैतिक रुपमा समस्या समाधान गर्ने’ भनाइलाई ‘औचित्यहीन’ भनेका छन् । श्यामशरणले १८१६ मा ब्रिटिश इण्डियाको इष्ट इण्डिया कम्पनीले काली नदीको मुहान लिम्पियाधुरालाई मानेको तथ्यलाई समेत ढाकछोप गर्ने प्रयास गरेका छन् ।
उनले राजा महेन्द्रले नेपाली भूमि कालापानीमा भारतलाई सुरक्षा पोस्ट राख्न दिएको कुरालाई पनि झुटो भनेका छन् ।
कालापानीको पोस्ट राजा महेन्द्रले नै भारतलाई राख्न अनुमति दिएका थिए । भारतको सुरक्षा संवेदनशीलतालाई हेर्दै राजा महेन्द्रले कालापानीमा पोस्ट राख्न दिएको को बिबादास्पद कुरालाई उनले उल्लेख गरेका छन् । उनले नेपाली राजाहरु नेपालमा भारतविरोधी राष्ट्रियताको आडमा टिकेको दावी गरेका छन् ।
कालीनदीको लिम्पियाधुरास्थित मुहानबाट आउने कालीनदीलाई उनले पानी बग्ने सानो कुलो भन्दै त्यो कुलो कालापानीबाट आएको काली नदीमा मिसिने कुतर्क गरेका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend